परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

असोज १६, काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फर्किएका छन् ।

महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा लिएका थिए ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए ।