चिनियाँ विशेष टोली आउदा २ घण्टा विमानस्थल बन्द

असोज १५, काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आइपुगेको छ ।

बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आइपुगेको हो । विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ ।

आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो ।  त्रिभुवन विमानस्थलको सानो रनवेमा ठूलो विमान अवतरण गरेकाले अन्य विमानलाई अवतरण र उडानमा २ घण्टा रोकिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।