खुल्यो डिभी, भर्न पासपोर्ट नम्बर अनिबार्य चाहिने

असोज १५, काठमाडौं – संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ।

अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो । जस अनुसार अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ।

साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ ।