सभामुखमाथि लागेको आरोपका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

असोज १४, काठमाडौं – सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्ने भएको छ । बैठक ११ बजे बस्ने भएको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको बैठक बस्ने भएको छ। अहिले दुई अध्यक्षबीच बालुवाटारमा छलफल चलिरहेको छ।

महरामाथि लागेको बलात्कार आरोपका विषयमा चौतर्फी दबाब बढेको छ ।