संविधान संशोधन जरुरी छ –काँग्रेस नेता बालकृष्ण खाँण

असोज १३, काठमाडौं –नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सबैको स्वामित्व बढाउन वर्तमान संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बताएका हुन् ।

‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ’ नेता खाडले भने, ‘संविधान बहुलवादमा आधारित छ।

तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको छ।’ उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए।