साफ यु–१८ च्याम्पियनसीपको उपाधी भारतलाई

असोज १२, काठमाडौं –नेपालमा जारी तेस्रो संस्करणको साफ यु–१८ फुटबल चयाम्पियनसीपको उपाधी भारतले जितेको छ ।

आइतबार भएको फाइनलमा बंग्लादेशलाई २–१ ले पराजित गर्दै भारतले उपाधी जितेको हो।

यु–१८ साफ च्याम्पियनसीपको पहिलो र दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो। भारत यु–१८ साफ च्याम्पियनसीको नयाँ विजेता बनेको छ ।

आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० गोलले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको छ।