भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो स्थानमा

असोज १२, काठमाडौं –नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि आइतबार भएको खेलमा भुटानलाई १ –० गोल अन्तरले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको हो ।

यसअघि सेमिफाइनलमा माल्दिभ्स भारत र भुटान बंगलादेशसँग पराजित भएको थियो ।

प्रतियोगिताको उपाधिका लागि भने भारत र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ ।