असार १२, काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ गोल अन्तरले पराजित गर्यो ।
जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ ।
सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २१ अंक रहेको छ ।