जलबायु परिबर्तन बिरुद्धको हड्ताल –फोटोफिचर

असोज १०, काठमाडौं – संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन सम्मेलनले विश्वभर ग्लोबल क्लाइमेट स्ट्राइक (जलवायु विरुद्ध विश्वव्यापी हड्ताल) आयोजना गरेको छ ।

विश्वका करिब १५० राष्ट्रमा शुक्रवार जलवायु परिवर्तन विरुद्ध हड्तालको आयोजना गरिएको छ ।  शुक्रवार विश्वभर लाखौंको संख्यामा मानिसहरु बढ्दो जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी हड्तालमा उत्रेका छन् ।

न्यूयोर्क, सिड्नी, दिल्ली. टोरन्टो, लन्डन, लगायत विश्वका मुख्य शहरहरुमा मानिसहरु सडकमा ओर्लिएर जलवायु परिवर्तनबाट बढेको समस्याबारे ध्यानाकर्षण गरेका छन् ।

नेपालमा पनि माइतीघर, नयाँ बानेश्वर, पाटन, वसन्तपुर, पुलचोक लगायतका क्षेत्रमा युवाहरु भेला भएर जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी हड्तालमा सहभागी भए ।

जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी हड्तालमा पुल्चोक स्थित साझा पेट्रोल पम्प अगाडि गरिएका प्रर्दशका केहि झलकहरु ।