अमेरिकी राजदूतले भेटे देउवा र नेपाललाई

 

असोज ९, काठमाडौं – नेपालका लागि अमेरिकी राजदूर्त यान्डी बेरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखलाई भेटेका छन् ।

बिहीबार कांग्रेस सभापति देउवा र नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई राजदूत बेरीले भेटेका हुन् ।

भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सहयोग र संभावनाहरूबारे छलफल भएको नेताहरूको निजी सचिवालयले जनाएको छ ।