नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

असोज ९,काठमाडौं—चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्चस्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ ।

चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ सुरक्षा स्रोतले जनाएको छ ।
तथापि, औपचारिक रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।

सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।

उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।

सीको सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ ।

आजको राजधानी दैनिकमा विस्तृतमा खबर छ ।