म्यानपावर व्यवसायीमा कांग्रेसको प्यानलै विजयी

असोज ८, काठमाडौं —नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा नेपाली कांग्रेस निकट व्यवसायी विष्णु गैरे अध्यक्षमा निर्वाचित भएका छन् ।   नेकपा, समाजवादी पार्टी व्यवसायीहरुको समूहलाई पराजित गर्दै कांग्रेसनिकट सबै उम्मेदवारहरुले विजयी भएका हुन्।

बुधबार बिहान सकिएको मत गणनामा कांग्रेसनिटक गैरेले सत्तारुढ दल निकट गठबन्धनका उम्मेदवार सरोज पोखरेललाई ४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि संघको नेतृत्व पाएका छन्। १७ सदस्यीय कार्यसमितिका पदाधिकारी जम्मै पदमा कांग्रेस प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहकै कमल तामाङ जियी भए । द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल बिजयी भए ।
यसैगरी तृतीय उपाध्यक्षमा किशोर कुमार केसी निर्वाचित भए भने महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै सुजितकुमार श्रेष्ठ निवार्चित भए।

सचिवमा मेघनाथ भुर्तेल विजयी भएका छन् । कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भइन् ।  सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल विजयी भएका छन्।