असोज ८,काठमाडौं—नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर र जिम्मेबाबे सम्मिलीत ट्राई सिरिज खेल्नका लागी आज सिंगापुर जादैछ ।
प्रतियोगिताका लागि नेपाल बुधबार राति सवा १५ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछ । सिंगापुर क्रिकेटको आयोजनामा हुने टी(ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।
नियमित उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर र बसन्त रेग्मीलाई आराम दिइएको छ भने इसान पान्डे, कुशल मल्लजस्ता युवा र कम अनुभवी खेलाडीले टिममा स्थान पाएका छन् ।
कप्तान पारसबाहेक सबै खेलाडी पछिल्लो पुस्ताका छन् । नेपाली टोलीको औषत उमेर नै २४ वर्ष छ । यू १९ टिमका कप्तान भइसकेका दीपेन्द्र सिंह ऐरीले टोलीको उपकप्तानीको जिम्मेबारी पाएका छन् ।करिव एक साता सिंगापुरमा नेपालले सिंगापुर र जिम्वावेसँग दुई दुई अन्तर्रा्ष्ट्रिय ट्वान्टी(२० म्याच खेल्नेछ ।
नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले असोज १२ गते घरेलु टोली सिंगापुर, असोज १४ गते पुनः जिम्वावे र असोज १५ गते सिंगापुरसँगै खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
त्यसपछि नेपाली टोली अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले घरेलु टोलीसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्डसँग खेल्नेछ ।