प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

असोज ८, काठमाडौं — नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यु –१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू –१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू(१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।