प्राधिकरणको दुई अर्ब बक्यौता उठ्न बाँकी, एक महिना भित्र नतिरे कारबाही गरिने चेतावनी

असोज ७, काठमाडौं —नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम बुझाउन ३० दिनको सार्वजनिक सूचना निकालेको छ ।

प्राधिकरणले ३० दिनभित्र विद्युत् खपत गरे बापत लाग्ने दस्तर र विलम्ब शुल्कसमेत बुझाउन भनेको हो। प्राधिकरणलाई एक सय ९५ कम्पनीले बक्यौता बुझाउन बाँकी छ।

तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन्।

बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको ५४ करोड, एयर एशियाको २२ करोड, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख, रसुवा केडीजेभीको पाँच करोड ६२ लाख छ ।

त्यस्तै नेकोन एयरको चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको एक करोड १५ लाख रहेको प्राधिकरणले जनाएको छ।