ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

असोज ६, काठमाडौं—भरतपुर आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेका छन् । भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा सो घटना भएको थियो ।

आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।