टिकट बुकिङमा समस्या आयो ? यि ठाँउमा उजुरी गर्नुहोस ।

असोज ५, काठमाडौं — दशैंमा काठमाडौँबाट विभिन्न गन्तव्यतर्फ जाने यात्रुहरुलाई लक्षित गरि आजबाट अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ खुलेसंगै राजधानीका नयाँ बसपार्क, गौशाला, कोटेश्वर कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर लगायतका स्थानहरुमा टिकट बुकिङका लागि विहानै देखि भिडभाड बढेको छ ।

दशैंको समयमा लामो दुरी यात्रा गर्ने यात्रुहरुलाई सहज बनाउनका लागि यातायात ब्यबसायी, ट्राफ्रिक प्रहरी, सिभिल प्रहरी र मजदुर संगठन मिलेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको टाफ्रिक प्रहरीका प्रबक्ता रबि कुमार पौडेलले इमेलखवरलाई बताएका छन् ।

पौडेलका अनुशार १४ स्थानमा राखिएका यात्रु सहायता कक्षवाट यात्रुहरुले तोकिएको सिट नपाए, काटिएको सिट डबल भए, वढि भाडा लिए वा अन्य कुनै समस्या भएमा यात्रुहरुले उजुरी गर्न सक्ने छन । उनले भर्ने बिभिन्न स्थानमा राखिएका सहायता कक्षले यात्रुलाई पर्ने समस्याको समाधान गर्ने गर्दछ ।’

यसको अलवा यात्रुहरुले फोन नम्वर १०० र १०३ मा सम्पर्क गरि आफ्नो समास्या वताउन सक्ने पौडेलले जानकारी दिए ।