टेलिकमकोअन्तराष्ट्रिय रोमिङ सेवा १३ देशमा बिस्तार हुदै

असोज ५, काठमाडौं —नेपाल टेलिकमले अन्तराष्ट्रिय डाटा रोमिङ सेवा १३ मुलुकमा विस्तार तयारी गरेको छ । संविधान दिवसको अवसरमा मंगलबारदेखि यी मुलुकहरूमा डाटा रोमिङ सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

अब कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरूले चीन, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, यूएई, कतार, बेलायत, स्विट्जरल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्नेछन् ।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरूले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्नेछन् । हाल अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरूलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरूलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ ।