नेकपा सम्पर्क समन्वय कमिटीको शुभकामना कार्यक्रम स्थगित

भदौं ३, काठमाडौं — नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सम्पर्क समन्वय कमिटीले आयोजना गरेको शुभकामना तथा एकता सभा कार्यक्रम स्थगित भएको छ ।

आसोज ४ गते शनिवार योगम्वर पार्टी प्यालेस पुतलीसडकमा आयोजना गरिएको कार्यक्रम नेताको व्यस्तता र गृहकार्य पुरा नभएकोले स्थगित गर्न परेको प्रदेश सम्पर्क कमिटी, प्रदेश ५ का अध्यक्ष ठानेश्वर वस्यालले इमेल खवरलाई वताए ।

उनका अनुसार आसोज ४ गते गर्ने भनिएको दशै, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना तथा एकता सभा कार्यक्रम असोज १० गते योगम्वर पार्टी प्यालेसमा दिउसो साढे १२ वजे हुनेछ ।