असोज ३, काठमाडौं — प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा समय बिताउने युवाहरुको समय परिणामहीन बहसमा बिताएको बताएका छन् ।
संविधान दिवसको अवसरमा टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत गरेको बताए ।
ओलीले आफुलाई फुर्संदिला युवा पंक्तिको चिन्ता बढेको सुनाए । उनले भने “मलाई थोरै चिन्ता केही फुसदिला युवा पंक्तिको छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ” ।
ओलीले युवाहरुले गरेको इनोभेटिभ प्रयासहरुको भने प्रशंशा गरेका छन् । उनले भने “मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् ।”