प्रधानमन्त्री भन्छन “मेरो कार्यकाल ठ्याङठ्याङ ठुङठुङमै बित्ने भयो”

असोज २, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारको बसाईप्रति  प्रति चिन्ता ब्यक्त  गरेका  छन् । बिहीबार प्रधानमन्त्रीले बालुवाटारमा भवन शिलान्यास गर्दै उक्त भवनको रंगरोगन गर्दा गर्दै आफ्नो कार्यकाल सकिने उनले बताए ।

ओलीले भने, ‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंकको ठ्याङठ्याङ ठुङठुङ, यता आफ्नै भवनमा  ठाङठाङ   सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ ।”

हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो । आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा रहने जनाइएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ।

भने अर्को खण्डमा भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरी सार्वजनिक कार्यक्रममा प्रयोग हुने जनाइएको छ ।