८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण

असोज २, काठमाडौं —मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धा्रित समयभित्र सम्पति विवरण बुझाएका छन् ।

कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धा्रित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।

किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो ।

राजधानी दैनिकमा यो खबर छापिएको छ ।