परमिता तेलुगू फिल्ममा अनुबन्धित

भदौं२९,काठमाडौं—चर्चित अभिनेत्री परमिता आरएल राणाले तेलुगू फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले ‘तेलुगू’ फिल्ममा अभिनय गर्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने नाम सार्वजनिक नगरिएको फिल्ममा उनी मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित भएकी छन् । फिल्ममा गोपीचन्दसँग उनको जोडी बाँधिएको हो । उनको अभिनय रहने पहिलो तेलुगू फिल्मको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ ।

निर्देशनमा डेब्यू गर्न लागेका बिनु सुब्रह्मण्यमले उक्त फिल्मको निर्देशन गर्ने छन् । ठूलो बजेटमा निर्माण हुने फिल्मलाई विभिएसएन प्रसादले निर्माण गर्ने भएका छन् । परमिताले गोपीचन्दसँग फिल्मको मुहूर्तको तस्वीर फेसबुकमा सेयर गर्दै आफ्नो पहिलो तेलुगू फिल्मलाई लिएर निकै उत्साहित रहेको लेखेकी छन् । टलीवुडका सुपरस्टार गोपीचन्दसँग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट पहिलो तेलुगू फिल्ममा अभिनय गर्न पाउँदा आफूलाई गर्व भएको र सम्मानित महसूस गरेको बताएकी छन् ।

एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत भर्नेछन् । अर्को वर्षको जुनबाट फिल्मको नियमित छायांकन सुरु हुने पक्का भएको छ । उनले नेपाललाई देशमाझ चिनाउने बाचा गरिन् ।

विशेषगरी प्रेम र ब्रेकअपका कारण चर्चामा रहने परमिता अहिले उनी सिंगल छन् । अहिले उनको हातमा कुनै फिल्म पनि छैन । उनी अभिनीत फिल्म ‘द कर्मा’ प्रदर्शनको पखाईमा छ । निर्माण टिमले अझैसम्म प्रदर्शन मिति तय गरेको छैन ।

 

View this post on Instagram

 

I am absolutely speechless and overwhelmed right now because this is very very HUGE for me. I am so blessed and honored to be sharing the same screen with Superstar Gopi Chand from Tollywood in my debut Telugu movie from the prestigious SVCC film banner. My first step towards Tollywood. Thank you @hrishant_bipashwa_rai for sending me to the audition and @shruti_rl_singh dijju for being by my side in this beautiful journey. I don’t know what to write more because I seriously am speechless! but all I can say is that I’m so blessed and grateful. I will definitely make Nepal proud. 🇳🇵❤️🌟 #blessed #grateful #southindianmovie #svccproduction #tollywood #gopichand #thankyouuniverse✨🙏

A post shared by Paramita Rana (@paramita_pam) on