नेकपाले राष्ट्रिय अभियान सञ्चालन गर्दै

भदौ २८,काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रियाका केही काम बाँकी छ, त्यो पूरा हुनेबित्तिकै पार्टी विशेष अभियानमा जान्छ । ”

नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाउनु भएको हो । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

गोरखापत्रमा खबर छ।