दशैंको अग्रिम टिकट असोज ५ बाट खुल्ने

भदौं २७, काठमाडौं । दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच भएको वार्ताको क्रममा व्यवसायीहरुले भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका छन् ।

ब्यबसायीहरुले देशभर बिग्रिएका सडक मर्मत गरिनुपर्ने माग समेत गरेका छन् । आवागमनलाई बाधा नर्पुयाई टिकट काटेर भद्रगोल हुन नदिने कुरामा सरकारले ध्यान र्पुयाउन ब्यबसायीहरुको सरकारसंग माग गरेको छ ।

लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ । दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस घर फर्किन्छन् ।