यात्रुबाहक बसमा आगजनी

भदौ २६,काठमाडौं —पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ ।

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४ खुुर्सानी खोलामा बिहान ५ बजे आगजनी भएको बताए ।

डिएसपी शाहका अनुसार गाडीलाई साइड लगाएर बाटो अबरोध नहुुने गरी आगजनी गरेको भेटिएको हो । सबै यात्रुहरु सकुशल रहेका छन् ।

गाडीलाई आगजनी गर्नुको कारणले भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको र संलग्नहरुको खोजी कार्य भइरहेको जनाएको छ ।