मेस्सीलाई ‘बेस्ट इन्टरनेशनल फुटबलर अफ दि इयर’को अवार्ड !

भदौं २४—बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ईसपीवाई २०१९ को अवार्ड जितेका छन् । ३२ वर्षीय मेस्सीले ईएसपीवाईको ‘बेस्ट इन्टरनेशनल फुटबलर अफ दि इयर’को अवार्ड जितेका हुन् ।

अर्जे्न्टिनाका कप्तानसमेत रहेका मेस्सीले यो अवार्ड जित्नका लागि आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोका साथै च्याम्पियन्स लिग विजेता भर्जिल भान डाइक र पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार किलियन एम्बाप्पेलाई पछि पारे ।

फुटबलमा उत्कृष्ट प्रदर्शन गरेबापत मेस्सी वर्षको उत्कृष्ट अन्तर्रा्ष्ट्रिय फुटबलर बन्न सफल भएका हुन् । सन् २०१८ मा आफ्नो क्लब बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि दिलाएका उनलाई अमेरिकन ब्रोडकास्टिङ टेलिभिजन नेटवर्कले उक्त अवार्ड प्रदान गरेको हो । उनले भोटिङमार्फत् यो अवार्ड जित्न सफल भएका हुन् ।

सन् २०१८–१९ को सिजनमा मेस्सीले व्यक्तिगतर रूपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी अघिल्लो सिजनको च्याम्पियन्स लिगको सर्वा्धिक गोलकर्ता पनि हुन् । उनले सो सिजन १२ गोल गरेका छन् । मेस्सीले युइएफएको उत्कृष्ट फरवार्डको अवार्ड पनि जितेका थिए । युभेन्टसका रोनाल्डो तथा लिभरपुलका भर्जिल भान डाइकलाई पछार्दै मेस्सीले युइएफए फरवार्ड अफ दि इयरको अवार्ड उचालेका थिए ।

यता, ‘बेस्ट इन्टरनेशनल फुटबलर अफ दि इयर’को अवार्ड जित्दा पनि मेस्सीले रोनाल्डो, भर्जिल भान डाइक र एम्बाप्पेलाई पछारे । यस अवार्ड जितेपछि मेस्सीले सबैलाई धन्यवाद दिएका छन् । आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘मलाई बेस्ट मेल इन्टरनेशनल सकर प्लेयर २०१९ बनाउन भोट दिनुहुने सबैलाई धेरै–धेरै धन्यवाद छ ।’

एजेन्सी