यस्ता छन् नयाँ ट्राफिक प्रहरी प्रमुखका योजना

भदौं २३, काठमाडौं — महानगरीय ट्राफिक प्रहरी महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक योजनानाहरु ल्याएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।

जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढी प्रभावकारी बनाउने योजना ढकालको रहेको छ ।

प्रमुख ढकालले ट्राफिक व्यवस्थापनसम्बन्धी कानुन कार्यान्वयनमा पनि कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।