प्रियंकालाई आमा बन्ने चाहाना

भदौं २३—प्रियंका चोपडा बलिउड देखि हलिउडसम्म शक्तिशाली नायिकाको रुपमा चर्चित छिन् । निक जोनससँग विहे गरेकी प्रियंकाले आफूलाई आमा बन्ने चाहना भएको बताएकी छिन् ।

भारतीय मिडिया आजतकका अनुसार, उनले एक नयाँ अन्तरवार्तामा उनले आमा बन्न चाहेको बताएकी छिन्। यसका साथै उनले लस एन्जेलिसमा आफु र निकका लागि घर खरिद गर्ने चाहना भएको समेत बताएकी छिन् ।

इन्टरभ्यूमा प्रियंकाले भनेकी छिन्, ’म त्यहाँ खुशी हुन्छु, जहाँ मेरो नजिकको मानिस रहन्छ । जसलाई म माया गर्छु, मेरो लागी त्यहिँ घर हुन्छ । आफ्नो लागि घर खरिद गर्न र बच्चा जन्माउन चाहन्छु ।’
एजेन्सी