८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ? कार्यक्षमतामाथि नै प्रश्न

भदौं २२, काठमाडौं—देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन ।

सरकारले निजामती सेवा दिवसको अवसरमा एक सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जनामात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले गतवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन ।समाचारमा कर्मचारीको कार्यक्षमता माथि नै प्रश्न चिन्ह खडा भएको पनि उल्लेख छ ।

यो खबर राजधानी दैनिकमा छापिएको छ ।