जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन

भदौ २०, काठमाडौं — जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी ५ महिनादेखि उपचारका लागि सिंगापुर थिए । वर्तमान राष्ट्रपति इमर्सन मनाङ्ग्वाले सिंगापुरमा मुवागेको निधन भएको पुष्टि गरेका छन् ।

सैनिक कुपछि मुगावेले सन् २०१७ मा तीन दशकदेखिको नेतृत्व छाडेका थिए। १९६४ मा रोडेशिया सरकारको आलोचनाका कारण मुगावेलाई एक दशकभन्दा बढी समय जेलमा राखिएको थियो।   मुगावे १९२४ फेब्रुअरी २१ मा जन्मिएका थिए।