कुरकुरे खादा दृष्टिबिहिन बने किशोर

भदौं २०,काठमाडौं — चिप्स र कुरकुरे खाएपछि एक किशोरको आँखाको नानी नै बन्द हुने अबस्थामा पुगेको छ । चिप्सका कारण बेलायतको ब्रिस्टलका एक किशोरको नानी गुम्ने अवस्थामा पुगेको चिकित्सकहरुले बताएका हुन् ।

चिकित्सकहरुका अनुसार उनमा भिटामिनको कमि र कुपोषण देखिएको छ । नाम गोप्य राखिएका ती किशोर १४ वर्षको उमेरमा निकै थकित र बिरामी भएका थिए ।

उनको उपचारमा संलग्न डा. डेनिजे अतन भन्छिन, ‘उनले स्थानीय माछाबाट बनेको चिप्स पसलबाट सधै किनेर खादा रहेछन । उनले कहिलेकाही प्रिंगल्स र कहिलेकाही ह्वाईटब्रेड खाएका थिए । ती किशोरले सागसब्जी र कुनै फलफुल खाएका थिएनन् । उनको सम्पूर्ण डाइट चिप्स र कुरकुरेमा निर्भर थियो ।

डा. अतन र उनकी सहकर्मीले ती किशोरको भिटामिनको तह पुनः परीक्षण गर्दा उनमा भिटामिन बी–१२लगायत अन्य महत्वपूर्ण भिटामिन, खनिज, कपर, सेलिनियम र मिटामिन डी कमि रहेको पाइएको थियो ।

उनको तौल न बढी थियो न त कमी नै, तर नराम्रो खानेशैलीका कारण निकै कुपोषित थिए । उनको हड्डीबाट खनिज हराएको थियो, जुन उनी जस्ता उमेरका किशोरका लागि अपरिहार्य मानिन्छ ।