सुनको भाउ घट्यो

भदौं १९,काठमाडौं —विहिवार सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन घटेर ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि, विहिवार तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघले विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको बताएको छ ।