स्याङ्जामा जीप दुर्घटना हुँदा १ नाबालक सहित ३ जनाको मृत्यु

भदौं १८,काठमाडौं —स्याङ्जामा जीप दुर्घटना हुँदा एक नाबालक सहित ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि २५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १३ का १७ महिनाको बालक पनसन परियार, रम्भा गाँउपालिका १, पाल्पाकी ७० बर्षिय खनी माया नेपाली र वाहाया खोला पाल्पाकै ३३ बर्षिय मन्जु भण्डारी गैरे रहेको गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरले ईमेल खबरलाई बताए ।

बालिकाको घटनास्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारको क्रममा मृत्यु भएको घिमिरले बताए ।

बुधबार पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङमा दुर्घटना भएको हो । गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।

जीपमा करिब २८ जना सवार भएको प्रहरीको भनाई छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । यस्तै केहीलाई भने गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।