फिफा विश्वकपको २२ औँ संस्करणको प्रतीक सार्वजनिक

भदौ १८,काठमाडौं — फिफा विश्वकप २०२२ को आधिकारीक प्रतीक सार्वजनिक गरिएको छ । २२ औँ संस्करणको कतारमा हुने प्रतियोगिताको आधिकारीक प्रतीक पाराम्परागत उनी सल जस्तो स्वरुपमा तयार पारिएको छ ।

फिफा वल्र्डकपको २२ औँ संस्करणको यो प्रतिकले अरबमुलुकमा विशेष प्रचलनमा रहेको जाडो महिनमा प्रयोग हुने सलजस्तै आकारमा प्रतिक बनाएको हो । २२ औँ फुटबल विश्वकपको प्रतीकले मरुभुमी, क्षेत्रीय अरब संस्कृती समेटेको जनाइएको छ । प्रतीकमा फिफा विश्वकपको ट्रफीको आकार पनि समेटिएको फिफाले जनाएको छ ।

प्रतीक सार्वजनिक भएपछि विश्वभरका दिग्गज फुटबल खेलाडी, खेलप्रेमीहरुले सामाजिक सञ्जालमा सेयर गर्नेक्रम बढेको छ । प्रतिक सार्वजनिक भएसँगै विश्वकपको रौनकता बढेको उनीहरुको भनाई छ ।