अब बसबाट सडकमा फोहोर फाले ५ हजार जरिवाना

भदौ १८,काठमाडौं – सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ ।

बसमा असभ्य तथा अमर्या्दित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजेमा पनि अब कारबाही हुने भएको छ ।

संसद्मा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्या्दित भाषाको प्रयोग गरे १ देखि ५ हजारसम्म जरिमानाको व्यवस्था छ । सार्वजनिक बसमा यात्रुसँग अमर्या्दित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई पनि ५ हजारसम्म जरिमाना हुने भएको छ ।

राजधानी दैनिकमा यो खबर छापिएको छ ।