किन आवश्यक छ सन्सक्रिमको प्रयोग, किन्दा कस्तो छान्ने ?

भदौं १७,काठमाडौं — गर्मीको मौसममा घामबाट जोगिनका लागि सन्सक्रिमको प्रयोग गर्ने प्रचलन केही वर्षयता मात्र अत्यधिक बढेको छ । कतै घाममा बाहिर जाँदा सन्सक्रिमको प्रयोग गर्नु अनिवार्य छ ।

सन्सक्रिमको काम छालालाई सुरक्षित राख्ने रहेको छाला रोगविशेषज्ञहरुले बताउँछन् । सूर्यको हानिकारक किरणको असरबाट छालालाई जोगाउनका लागि सन्सक्रिमको प्रयोग गरिने उनीहरुको भनाई छ । तर, सन्सक्रिमको प्रयोगलाई सन्तुलित मात्रामा मात्र गर्नुपर्छ ।

अहिले बजारमा धेरै किसिमको सन्सक्रिमहरु बिक्री भइरहेका छन् । सबैजसो सन्सक्रिममा जिंक अक्साइड अथवा टिटानियम अक्साइडको प्रयोग गरिएको हुन्छ, जसले छालाभित्र नपसेर छालाको सतहमा एउटा तह बनाउँछन् जसले छालालाई सूर्यको हानिकारक किरणबाट बचाउने गर्छ । मेटल पार्टिकलले बनेको तह पसिनाले, मुख धुँदा तथा नुहाउँदा पानीले पखालिएर जान्छन् ।

जानकारहरु सन्सक्रिमका कारणले कसैलाई क्यान्सर भएका कुनै घटना बाहिर नआए पनि यसको प्रयोगबाट छालाको क्यान्सर हुँदै–हुँदैन भनेरचाँही भन्दैनन् । क्रिममा भएका केही यस्ता रासायनिक तत्वहरुले छालालाई हानी र्पुयाउन सक्छन् ।सन्सक्रिमको नियमित प्रयोगले छालाको क्यान्सर हुने सम्भावना निकै कम हुने विभिन्न अनुसन्धानले देखाइएका छन् ।

सूर्यको अल्ट्रा भ्वाइलेट किरण स्वास्थका लागि हानीकारक छन् र सूर्यको किरणबाट छालासम्बन्धी अनेकौं समस्या उत्पन्न गर्नुका साथै क्यान्सरसमेत हुने जोखिम रहन्छ । सन्सक्रिमको प्रयोगले घामबाट डढ्न बचाएर, छालाको क्यान्सर हुने सम्भावनालाई न्यून पार्नुका साथै बढ्दो उमेरको चाउरीपनाको लक्षण लाई ढिलो पार्छ ।

तर, कुनै–कुनै सन्सक्रिमहरु छालामा अनुकूल नभएको खण्डमा छालामा नकारात्मक असरहरु गर्न सक्छ । बजारमा अनेकौं खालका सन्सक्रिमहरु पाइन्छ तर, किन्दाखेरि आफ्नो छालामा अनुकूल भएको सन्सक्रिम छान्नु पर्छ । सन्सक्रिम किन्दा एसपीएफ हेर्न पर्छ ।

सन्सक्रिम किन्दा स्किन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) मा ध्यान दिनु पर्छ । एसपिएफ जति धेरै हुन्छ, त्यो सनस्क्रिनले घामका हानिकारक किरणहरुबाट छालालाई त्यति नै धेरै सुरक्षा दिने गर्छ ।

बजारमा १५ एसपिएफ भएको क्रिम सजिलै पाइन्छ तर, योभन्दा पनि कम्तीमा ३० एसपीएफको सन्सक्रिम छान्नु पर्छ । ३० भन्दा बढी एसपीएफ भएको सनस्क्रिन किन्दा अझ राम्रो हुन्छ । १५ भन्दा कमको प्रयोग गर्दा लगाएको नलगाएको केहि फरक हुँदैन ।