परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

 

भदौ १६, काठमाडौं —  परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान गरेका छन् । ज्ञवाली हिन्दमहासागर अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । दुई दिने सम्मेलन मंगलबारदेखि माल्दिभ्सको राजधानी मालेमा सम्मेलन शुरू हुँदैछ ।

चौथो सम्मेलनको नारा ‘हिन्दमहासागर क्षेत्रको सुरक्षाः परम्परागत तथा आधुनिक चुनौती’ तय गरिएको छ। सम्मेलनमा विभिन्न ४० देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र अन्य सरोकारवाला अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।