आज दर खाँदै हुनुहुन्छ ? यि कुरामा ख्याल गर्नुस

 

भदौं १५, काठमाडौं —नेपाली हिन्दुधर्मालम्बीहरुको महान चाड तीज सुरु भएको छ । तीजको अघिल्लो दिन आज दर खाने दिन हो । यसै दिनबाट तीज पर्वको सुरु हुन्छ । दरमा खीर, ढकने वा सेलरोटी आदि अथवा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ ।
तीजका दिन पानीसम्म नपिई ब्रत बस्नुपर्ने चलन भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि मिठा मिठा परिकार खाने प्रचलन बसेको हो । दर खाँदा भने आफ्नो स्वास्थ्यलाई बिशेष ख्याल गर्नुपर्दछ ।

दर खाँदा निम्न कुराहरुमा ध्यान पुर्याउन जरुरी हुन्छ ।

लिवर, डाइबेटिज, चिनी लगायत विभिन्न रोग लागेका ब्यक्तिहरुले चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु हुदैन ।

सहरमा बनेका हरेक खानामा मिसावट हुन्छ । त्यसैले स्वास्थ्यका लागि हितकर हुने दर घरमै बनाएर खानु राम्रो हुन्छ। लामो समयसम्म नियमित मसलेदार खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

तडक भडकका रुपमा मसलेदार खानेकुरा सेवन गर्दा शरीरले नै नसहने गम्भीर समस्याहरू पनि आउन सक्छन् । सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा शारीरिक परिश्रम पनि नहुने हुँदा मसलेदार खानाले पाचनक्रियामा समस्या निम्तिन्न सक्दछ ।

माछा मासुभन्दा भन्दा पनि फलफुलमा आएमा राम्रो हुन्छ । चाडबाडमा देखिने ठूलो समस्या भनेको चिल्लो, पिरो तथा माछामासु बढी खाने गरिन्छ। तर यो बानी हटाउनुपर्छ। थोरै–थोरै गरेर पटक–पटक खानु राम्रो हुन्छ।