वीर अस्पताल शुल्क बढाउने तयारीमा

भदौ १३,काठमाडौं— नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको शुल्क बढाउने तयारी गरेसँगै बिरामी मर्कामा पर्ने निश्चित भएको छ ।

अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालेको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए ।

उनले भने, ‘विगत ५ वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । समयसापेक्ष सेवा शुल्क समायोजन गर्ने तयारी गरेका छौंँ ।’
त्यसका लागि कार्यकारी परिषद्को बैठकमा मूल्य समायोजन सन्दर्भमा छलफल समेत सुरु भएकोछ ।

यो खबर राजधानी दैनिकमा छापिएको छ ।