कीर्तिपुर नगरपालिकाको नयाँ नियम- अब हाफ पाइन्ट लगाएर नगरप्रमुख र उपप्रमुखलाई भेट्न नपाइने

भदौं १०,काठमाडौं- कीर्तिपुर नगरपालिकाले नगरप्रमुख र उपप्रमुखलाई भेट्न आउँदा हाफपाइन्ट तथा भड्किला लुगा नलगाउन सूचना जारी गरेको छ ।

नगरपालिकामा आउने आगन्तुक अमर्यादित भेषभुषामा आउन थालेको भन्दै त्यसलाई रोक्न यस्तो निर्णय गर्नुपरेको जनाइएको छ । यसैगरी नगरपालिकाले प्रमुख र उपप्रमुखलाई भेट्ने समय पनि तोकेको छ ।

सूचनाअनुसार अब २ बजेपछि आगन्तुक तथा सेवाग्राहीले नगरप्रमुख र उपप्रमुखलाई भेट्न सक्नेछन् ।