पर्यटनमन्त्रीको योजना — जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट देखि पशुपति मन्दिरलाई ब्यबस्थित बनाउने सम्म

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजना अघि सारेका छन् । मन्त्री भएको एक महिना पुग्नै लाग्दा भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने विभिन्न योजनाहरू अघि सारेका छन् ।

जसमा हिन्दुहरूको आरध्यदेव पशुपतिनाथ मन्दिरबाट नियमित आरतीको लाइभ गर्नेदेखि नेपाल वायुसेवा निगमको विमानबाट हवाइ यात्रा गर्ने ७० वर्षमाथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सम्मका कार्ययोजना रहेका छन् ।