नेकपाले दुईथरी स्कुल सञ्चालन गर्ने

भदौ ८,काठमाडौं  — सत्तारुढ दल नेकपाले पार्टी नेता कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने भएको छ ।

पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कुल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कुल चलाउन लागेको हो।

नेकपाको स्कुल विभागको कार्यभार सम्हाल्दै विभाग प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले शनिबार यस्तो बताएका हुन् ।

स्कुल विभागले योजना बनाएर देशव्यापी स्कुल सञ्चालन गर्ने र पार्टीमा वैचारिक जागरण ल्याउने पोखरेलले बताए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।