एसिड बोकेको ट्यांकर पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

भदौं ७,एजेन्सी  —  भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो ।ब

दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो ।

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् ।

दुर्घटनापछि पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले स्थानीय मानिस सहायताको लागि हच्किएका थिए । दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो ।

अनुसन्धानबाट भ्यानमा सबार सबैको ज्यान गएको पाइएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । यसले गर्दा सकडको दुवै तर्फ वाहनको लामो लाइन लागेको थियो ।