फैलदै डेंगु— पोखरामा २ सय ३० संक्रमित

भदौं ७,काठमाडौं — लामखुट्टेको,टोकाईबाट सर्ने रोग डेंगु नेपालमाम दिनप्रतिदिन फैलिदै गएको छ । पोखरामन हालसम्म २ सय ३० जना डेंगु रोगबाट संक्रमित भएको पाइएको छ । डेंगु रोग नियन्त्रणका लागि सरोकारवाला सबैले आ–आफ्नो दायित्व पूरा गर्नु पर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव नरदेवी पुनले यस क्षेत्रमा यो रोग नियन्त्रणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले यो वा त्यो बहानामा नलागी आ–आफ्नो क्षेत्रबाट तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैले दायित्व पूरा गरेमा रोगको महामारी छेकिने बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका नि.निर्देशक डा. भोजराज गौतमले हालसम्म पोखरा क्षेत्रमा २ सय ३० जना मानिसमा डेंगु रोगको संक्रमण भइसकेको जानकारी दिए । उनले विशेषगरी पोखरा महानगरपालिका वडा ८, ९, १०, १७ मा यो बढी देखा परेकोले त्यस वडामा विशेष चनाखो हुनुपर्ने बताए ।

डा. गौतमले रोग नियन्त्रणका लागि स्थानीयलाई परिचालन गर्नमा फोहोर व्यवस्थापनको जिम्मा लिएको पोखरा महानगर अघि सर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति, टायर तथा कवाडी सामान व्यवस्थापनमा महानगरले अग्रसरता लिएर काम गरेमा नियन्त्रण सम्भव रहेको बताए । यो समाचार आजको राजधानीबाट लिएका हौं ।