सनराइज बैंक र सिद्धार्थ क्यापिटलबीच सम्झौता

भदौ ६,काठमाडौं —सनराइज बैंक र सिद्धार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासन सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकका रूपमा नियुक्त गरिएको छ ।

बैंकले अर्धवार्षिक रूपमा भुक्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको ३ अर्ब रुपैयाँ रकम बराबरको उक्त डिबेञ्चरको समय अवधि ७ वर्षको रहने जनाएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका थिए ।