भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

भदौं ५,काठमाडौं —भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए । तर अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यस लगत्तै उनी फरार भएका थिए ।

उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो ।

चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर किन्नुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो । यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो ।