शिक्षा नीति अन्तिम चरणमा पुगेको मन्त्री पोखरेलको भनाई

भदौं ४,काठमाडौं — उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

मन्त्री पोखरेलले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपछि नीति निर्माण सुरु गरिएको जनाएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानको शुभारम्भ गर्दै सो बारे जानकारी दिए ।

उनले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउदै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने पनि बताए ।

सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने उनको तर्क छ ।