‘आइटम गर्ल’सन्नी नेपाल आउँदै

भदौं ४,काठमाडौं — ‘आइटम गर्ल’ नामले चिनिने बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउन लागेको एक भिडियोमार्फत् बताएकी हुन् ।

उनले भिडियोमा आफूले आइटम डान्स गरेको चलचित्र ‘पासवर्ड’को प्रिमियर शोमा सहभागिता जनाउन नेपाल आउन लागेको बताएकी छिन् ।

यो चलचित्रको प्रिमियर सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुनेछ । यस्तै सन्नीले ३ दिन चलचित्रको प्रचारमा सहयोग गर्ने बताईएको छ ।

उनले यस चलचित्रमा ‘आजको साम’ बोलको गीतमा आइटम डान्स गरेकी छन् । फिल्मलाई हिरल जोशी र अमित बस्नेतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा बिक्रम जोशी, बुद्धी तामाङ, अनुप विक्रम शाही , छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायत कलाकारहरुको अभिनय रहेको छ । अजित कुमार थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्मातामा छन्