प्रचण्डको धमिलो राजनीति

भदौं ४,काठमाडौं — कुनै बेला उनी रहस्यमय व्यक्ति दिए । उनको भूमिगत पार्टीले प्रचारमा ल्याएको तस्बिर न आकर्षक थियो न डरलाग्दो । तस्बिरलाई घेरेर बसेका हतियारधारीले त्यो तस्बिरलाई डरलाग्दो बनाएका थिए । तस्बिरको नाम थियो–प्रचण्ड ।

राजनीतिको कुनैपनि मापदण्डबाट हेर्दा प्रचण्ड अहिले जुन राजनीतिक स्थानमा छन्, त्यो उनको स्थान होइन । जनयुद्धका कमाण्डरको हैसियतमा बसेको प्रचण्डजस्ता नेता बैलगाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओलीको कमाण्डरीसीपमा नेकपाको कमजोर हाँगोमा अडिनु भनेको बडो दयनीय अवस्था हो ।

यतिखेर आएर प्रचण्डले पार्टी एकता नगरेको भएपनि हुन्थ्यो कि ! भन्नु आफूलाई अकिञ्चन देखाउने प्रयासमात्रै हो । राजनीतिमा यसप्रकारको असंगति बाञ्छनीय छैन ।

प्रचण्डको धमिलो राजनीति शीर्षकमा आजको कान्तिपुर दैनिकमा किशोर नेपालको बिचारलाई प्रकाशित भएको छ।